१६ लाख मुल्यको सामानसहित बैतडीबाट एक जना पक्राउ

बैतडी : बैतडीमा १६ लाख मुल्यको सामानसहित एक जना पक्राउ परेका छन्। बैतडीको सुर्नया गाउँपालिका–२ बस्ने २१ वर्षीय हरीष बिष्ट भन्सार छलीका सामानसहित मंगलवार पक्राउ परेका हुन्।

बिष्टलाई सुर्नया गाउँपालिका–६ सतबाज शंकरपुर सडकखण्ड अन्तर्गत रिगा स्थित से १ ज २४१ नम्बरको बोलेरो जिपलाई चेकजाँच गर्दा अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १६ लाख १६ हजार मूल्य बराबरको दिलखुस नामक बिडी १६ पेटी र उक्त जिपसहित जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको हो।

सामान, जिप र बिष्टलाई आवश्यक कारबाहीको महाकाली भन्सार कार्यालय झुलाघाट बैतडी पठाएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार