सुदूरपश्चिमबाट नाका कटाएर २५ जना देहरादुन लैजान खोज्दा…

कञ्चनपुर : पढाउने बहानामा भारत लैजाँदै गरिएका हुम्लाका २५ जना बालबालिकालाई भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले सीमामै रोकेर नेपाल फर्काएको छ।

बिहीबार बिहान कञ्चनपुरको गड्डाचौकी नाकापारि भारतको बनवासा पुलनजिकै एसएसबीले बालबालिकालाई रोकेको हो। त्यसपछि उनीहरूलाई नेपाल प्रहरी र शान्ति पुनर्स्थापना गृहको जिम्मा लगाइएको छ।

हुम्लाको सिमकोट गाउँपालिकाका बालबालिकालाई भारतको देहरादुनस्थित शाक्य सेन्टरमा पढाउने भन्दै लैजाँदै गरिएको खुलेको छ। उनीहरूलाई सिमकोटकै पञ्चवीर बुढा, नन्दवीर बुढा र चेतन रावतले भारततर्फ लैजाँदै गरेका थिए।

भारत लैजाँदै गरिएका बालबालिका १० देखि १२ वर्षमुनिका रहेको बताइएको छ। उनीहरूलाई पढाउने नाममा भारत लैजान खोजिएको भए पनि वास्तविक उद्देश्य र त्यहाँको व्यवस्थाबारे स्पष्ट भइसकेको छैन।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक नेत्रमणि गिरीले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन्। बालबालिकालाई कसरी र कुन उद्देश्यले भारत लैजान खोजिएको हो भन्ने विषयमा जाँचबुझ भइरहेको उनले बताए। प्रहरीले अभिभावक र बालबालिकालाई भारत लैजाने व्यक्तिहरूसँग सोधपुछ गरिरहेको जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । Facebook र Instagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार