धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८३/०८४ को बजेटका विषयमा विवाद उत्पन्न भएपछि प्रतिपक्षी दलहरूले प्रदेश सभा र सर्वदलीय बैठक बहिष्कार गर्ने घोषणा गरेका छन्।
सरकारका अर्थमन्त्री स्वयंले संसदको रोस्ट्रममा उभिएर बजेट गलत भएको स्वीकार गर्दागर्दै पनि सोही बजेट पास गर्न संसदीय समिति र पूरक बजेटको नाटक मञ्चन गरिएको प्रतिपक्षको आरोप छ।
सिङ्गो प्रतिपक्ष सदनमा उपस्थित नभएको अवस्थामा छलफलको प्रक्रिया अगाडि बढाएर बजेट पास गरिएको र यस प्रक्रियामा सरकारका साथै सभामुखको समेत प्रत्यक्ष भूमिका देखिएको प्रतिपक्षी दलहरूको ठहर छ।
यसै कारण प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राप्रपाले अबदेखी सभामुखद्वारा बोलाइएका सर्वदलीय बैठक, कार्यव्यवस्था परामर्श समितिको बैठक र प्रदेश सभाको बैठकमा सहभागी नहुने र पूर्ण रूपमा बहिष्कार गर्ने निर्णय गरेका हुन्।




प्रतिक्रिया दिनुहोस्