पेनाल्टी सुटआउटको उपाधि आयोजक कैलाली उद्योग वाणिज्य संघलाई

धनगढी: कैलाली उद्योग वाणिज्य संघको आयोजनामा धनगढीमा सम्पन्न पेनाल्टी सुटआउट प्रतियोगिताको उपाधि आयोजक संघको ‘बी’ टिमले जितेको छ।

धनगढी रंगशालामा सम्पन्न प्रतियोगितामा आयोजक संघको ‘बी’ टिम विजेता बनेको हो। उपाधिसँगै विजेता टिमले नगद २५ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेको छ।

प्रतियोगितामा नेपाल मोबाइल व्यवसायी महासंघ सुदूरपश्चिम उपविजेता बनेको छ। उपविजेता टिमले नगद १५ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ। प्रतियोगितामा आयोजक टिमका केशवराज जोशी सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्।

दसैँ, तिहारलगायतका चाडपर्वको अवसरमा आपसी सद्भाव, भाइचारा र शुभकामना आदानप्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको कैलाली उद्योग वाणिज्य संघका सचिव तथा प्रतियोगिता संयोजक प्रकाश चन्दले बताए।

उनका अनुसार वस्तुगत संघहरूबीच खेलकुदका माध्यमबाट आपसी सम्बन्ध सुमधुर बनाउनुका साथै व्यवसायीलाई व्यावसायिक गतिविधिसँगै खेलकुदमा जोड्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगितामा विभिन्न १३ वटा वस्तुगत संघका टिम सहभागी भएका थिए।

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्करराज ओझाको अध्यक्षतामा आयोजित कार्यक्रममा सुदूरपश्चिम खेलकुद परिषद्का सदस्यसचिव रवि खड्का प्रमुख अतिथि तथा कैलाली जिल्ला खेलकुद समितिका कार्यवाहक अध्यक्ष बेनी खड्का विशिष्ट अतिथिका रूपमा सहभागी थिए।

प्रतियोगिताले व्यवसायीबीच आपसी एकता, सहकार्य र सद्भाव अभिवृद्धि गर्न सहयोग पुग्ने आयोजकले अपेक्षा गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । Facebook र Instagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार