धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धनगढी नगर स्तरमा संगठनात्मक सक्रियता तीव्र पारेको छ। यसैक्रममा रास्वपा धनगढी नगरको RAT प्रमुखको जिम्मेवारी कालु सिंह पार्कीलाई दिइएको छ।
पार्टीको संगठनलाई थप सुदृढ, सक्रिय र प्रभावकारी बनाउने उद्देश्यसहित पार्कीलाई उक्त जिम्मेवारी सुम्पिएको पार्टीले जनाएको छ।
नयाँ जिम्मेवारीसँगै पार्कीले अब धनगढी नगरभित्र RAT सम्बन्धी सम्पूर्ण संगठनात्मक गतिविधि, आन्तरिक समन्वय र कार्यसम्पादनको मुख्य भूमिका निर्वाह गर्नेछन्। नगरस्तरमा पार्टीको संगठन विस्तार र व्यवस्थापनलाई चुस्त बनाउन यो निर्णय गरिएको जनाइएको छ।




प्रतिक्रिया दिनुहोस्