धनगढीका भित्तामा सुदूरपश्चिमका ‘सान’…. (फोटो फिचर) 

भक्तराज जोशी

धनगढी । धनगढी उपमहानगरपालिकाले अहिले धमाधम नगर क्षेत्रभित्रका पर्खाल र भित्ताहरु रंगाउन थालेको छ । 

शहरलाई सुन्दर र आकर्षित बनाउन उपमहानगरपालिकाले नगर क्षेत्रभित्रका पर्खाल रंगाउन थालेको हो । यसबीचमा धनगढी उपमहानगरपालिकाले ऐस्वर्या विद्या निकेतनको पर्खालमा सुदूरपश्चिम चिनाउने अग्रज र खेलाडीहरुको तस्विर बनाएको छ ।

धनगढी सूचना

उपमहानगरपालिकाले यस क्षेत्रमा मदन पुरस्कार प्राप्त गर्ने सुदूरपश्चिम प्रदेशका साहित्यकार र लेखकहरुको तस्वीर बनाएको छ ।

उपमहानगरपालिकाले मदन पुरस्कार विजेता बैतडीका लोकेन्द्र बहादुर चन्द, कंचनपुरका नर बहादुर साउँद, कैलालीका विवेक ओझा, रामलाल जोशी, बझाङ्गका स्थिरजंग बहादुर सिंह, अछामका महेश विक्रम शाहको तस्वीर धनगढीकाभित्तामा बनाएको छ ।

त्यस्तै उपमहानगरपालिकाले बक्सिङ्गका खेलाडि डम्मर भट्ट, तेक्वान्दोकी निशा रावल, तेक्वान्दोकै खेलाडि दीपक बिष्ट र सरस्वती भट्टराईको तस्वीर पनि पर्खालमा बनाएको छ । यसरि धनगढी उपमहानगरपालिकाले धनगढीका भित्तामा सुदूरपश्चिमका सानहरुको तस्वीर बनाएपछि धनगढीबासीले उपमहानगरपालिकालाई धन्यवाद दिएका छन् । त्यस्तै उपमहानगरपालिकाले धनगढीको कवर्ड हल, चटकपुर, जिल्ला प्रशासन कार्यालय क्षेत्र लगायतका ठाउँमा पनि विभिन्न व्यक्तित्व र सन्देशमूलक तस्वीरहरु बनाएको छ ।

अझ अधिकांशले आफ्नो क्षेत्र चिनाउने व्यक्तित्वको सम्मानस्वरुप धनगढी उपमहानगरपालिकाले गरेको उक्त काम देशमै नयाँ र फरक भएको भन्दै धनगढीका मेयर गोपाल हमालको खुलेरै प्रशंसा गरिरहेका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्:   

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

86%

खुसी

0%

दु :खी

14%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार