जाजरकोटको बाउसे खोलाको जिरो प्वाइन्टमा बोलेरो जिप दुर्घटना

सुर्खेत : जाजरकोटको बाउसे खोला भन्ने ठाउँमा जिप दुर्घटना भएको छ ।

बिहान ११ बजेतिर बारेकोटबाट सदरमुकाम खलङ्गा आउँदै गरेको घ १ ज ५९५ नम्बरको बोलेरो जिप नलगाड नगरपालिका–४ को बाउसे खोलाको जिरो प्वाइन्टमा दुर्घटना भएको जाजरकोट प्रहरीले जनाएको छ  । 

दुर्घटनामा तीन जना घाइते भएको र उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल जाजरकोट पठाइएको प्रहरीले बताएको छ ।

गाडी बिच सडकमा पल्टिएको हो । घटनाबारे थप विवरण आउन बाँकी छ । यस्तै केही बेरअघि जाजरकोटकै कुदुमा फोर्स गाडी दुर्घटनामा १७ जना घाइते भएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार