धनगढीमा हाइसको ठक्करबाट कालु रानाको मृत्यु

धनगढी : धनगढीमा हाइसको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।

धनगढी उप-महानगरपालिका-३ फाप्ला नजिकै गएराति नम्बर नखुलेको हाइसले ठक्कर दिदा पैदल यात्री चटकपुरका कालु रानाको मृत्यु भएकोे प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका रानालाई तत्काल उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो । तर उनलाई चिकित्सकले राति ११ः१० बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि हाइस र चालक फरार छन्। फरार चालक र हाइसको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार