कैलाली कांग्रेसको ‘कमान्ड’ सम्हाल्ने तयारीमा नृप

धनगढी: नेपाली कांग्रेस कैलालीका सचिव नृपबहादुर सुनार १५औँ महाधिवेशन प्रतिनिधिमा अत्यधिक मतसहित विजयी हुनुभएको छ। कैलाली निर्वाचन क्षेत्र नं ५ को मतगणनाअनुसार खुलातर्फ १० जना महाधिवेशन प्रतिनिधिका लागि भएको प्रतिस्पर्धामा उहाँ ३६४ मत (कुल खसेको मतको ५७ प्रतिशत) प्राप्त गरी दोस्रो बढी मतसहित निर्वाचित हुनुभएको हो। यसअघि १४औँ महाधिवेशनमा पनि उहाँ जिल्ला सचिवमा उल्लेख्य मत ल्याएर ‘म्यान अफ द इलेक्सन’ को चर्चामा रहनुभएको थियो।

विद्यार्थी राजनीति (नेविसंघ) बाट आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएका सुनारले नेपाल तरुण दलको केन्द्रीय सदस्य, कांग्रेस कैलालीको प्रशिक्षण तथा कार्यक्रम समन्वय शाखा प्रमुख, सुदूरपश्चिम प्रदेश प्रथम अधिवेशनको प्रवक्ता तथा प्रदेश नीति तथा योजना आयोगको सदस्यसमेत भएर अनुभৱ बटुलिसक्नुभएको छ। ऐतिहासिक दोस्रो जनआन्दोलनका क्रममा उहाँले ९१ दिन जेल जीवनसमेत बिताउनुभएको थियो।

जिल्ला नेतृत्व सम्हाल्ने तयारीमा सुनार

केन्द्रीय महाधिवेशन प्रतिनिधिमा शानदार विजय हासिल गरेसँगै नृपबहादुर सुनारले अब आफ्नो ध्यान र प्राथमिकता कैलाली कांग्रेसको जिल्ला नेतृत्व (जिल्ला सभापति) सम्हाल्नेतर्फ केन्द्रित गर्नुभएको छ।

महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि आफ्ना विचार राख्दै उहाँले भन्नुभयो, “अब मेरो प्राथमिकता केन्द्रीय समितिभन्दा पनि कैलालीका आमनेता, कार्यकर्ता तथा शुभेच्छुकको मत र भावनाअनुसार जिल्ला सभापतिका लागि प्रयास गर्ने हो। मैले आफूलाई त्यहीअनुसार तयार गरेको छु।”

लामो समयदेखि संगठन निर्माण, प्रशिक्षण र कार्यकर्ताको सुखदुःखमा खटिएका कारण आफू जिल्लाको नेतृत्व गर्न पूर्ण रूपमा सक्षम रहेको उनको दाबी छ। जिल्लाभरका कांग्रेसी कार्यकर्ताहरूको सुझाव र चाहना बमोजिम आफूले आगामी दिनमा जिल्ला सभापतिका लागि उम्मेदवारी दिने र सबैको सहयोगमा संगठनलाई अझ बलियो बनाउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । Facebook र Instagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार