धनगढी-खुटिया-दीपायल द्रुत मार्ग: ९६ करोडको ठेक्का खुलेपछि सुदूरपश्चिमको समृद्धिको सपनाले पायो गति !

धनगढी : सुदूरपश्चिमका बासिन्दाले लामो समयदेखि प्रतीक्षा गरेको धनगढी-खुटिया-दीपायल-चैनपुर-उरै भञ्ज्याङ ‘द्रुत मार्ग’ (फास्ट ट्र्याक) निर्माणको कामले अब औपचारिक रूपमा गति लिन थालेको छ। यस आयोजनाअन्तर्गत डोटी खण्डमा सडक कालोपत्रे र अन्य संरचना बनाउनका लागि करिब ९६ करोड रुपैयाँको लागतमा औपचारिक रूपमा ठेक्का (टेन्डर) खुलाइएको छ।

सडक विभागअन्तर्गत रहेको धनगढी-खुटिया-दीपायल-चैनपुर-उरै भञ्ज्याङ सडक आयोजना कार्यालय (बी.पी. नगर, डोटी) ले बिहीबार एक सार्वजनिक सूचना निकालेर डोटी खण्डको साढे ११ किलोमिटर बाटो स्तरोन्नति तथा कालोपत्रे गर्नका लागि बोलपत्र आह्वान गरेको हो।

यो महत्त्वपूर्ण आयोजनालाई अगाडि बढाउन भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले विशेष जोडदिएका छन्। मन्त्री लम्सालले आफैँ क्षेत्रमा पुगेर बाटोको अवस्था र सम्भावनाहरूको अवलोकन गर्दै कामलाई तुरुन्त तिब्रता दिने अठोट व्यक्त गरेका थिए। यसका साथै, योजना आयोगका उपाध्यक्ष डा. भट्टले पनि यस आयोजनाका लागि आवश्यक पर्ने बजेट र योजना मिलाउनमा निकै ठूलो सहयोग गरेका थिए।

सडकको ठेक्का खुलेलगत्तै सोही खण्डमा बन्नुपर्ने पुलहरूको पनि छिट्टै ठेक्का आह्वान गर्ने तयारी मन्त्रालय र आयोजना कार्यालयले गरेका छन्।

कैलालीको धनगढीदेखि सुरु भएर डोटी, बझाङ हुँदै चीनको सिमाना पर्ने उरै भञ्ज्याङसम्म जोड्ने यो द्रुत मार्ग बनेपछि पहाडी तथा हिमाली जिल्लाका मानिसहरूको यात्रा निकै छिटो र सजिलो हुनेछ। यस बाटोले स्थानीय स्तरमा उत्पादित सामानहरू बजारसम्म पुर्‍याउन, पर्यटन व्यवसाय बढाउन र समग्र सुदूरपश्चिमको आर्थिक उन्नतिमा ठूलो सहयोग पुग्ने विश्वास लिइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार