एउटै सेवाग्राहीबाट पटक–पटक घुस लिने बैतडी मालपोत कार्यालय प्रमुख : अशोक सार्की

बैतडी : जिल्ला मालपोत कार्यालय बैतडीका कार्यालय प्रमुखले एउटै सेवाग्राहीबाट पटक–पटक घुस लिएको पाइएको छ । छुट जग्गा दर्ताका लागि आवेदन दिएका एक जना सेवाग्राहीबाट पाँच पटक गरी ५१ हजार दुईसय रुपियाँ घुस लिएको प्रमाण भेटिएको छ ।

कार्यालय प्रमुख अशोक सार्कीले बुधबार आफ्नै कार्यकक्षमा सेवाग्राही पाटन नगरपालिका–८, का नरबहादुर विष्ट र धनसिंह विष्टबाट पाँचौँ पटक घुसको अन्तिम किस्ता लिने बेलाको भिडिओ सार्वजनिक भएको छ ।

Seti Hospital

कार्यालय प्रमुखले सेवाग्राही विष्टबाट छुट जग्गाको फाइल दर्ता गर्नेबेला २०८१ वैशाख ३० गते पाँच हजार, स्थलगत सर्जमिन मुचुल्का बनाउने बेला फिल्डभत्ता भन्दै २०८१ साउन ६ गते १० हजार, त्यसपछि ६ हजार दुईसय, कर्मचारीलाई मिलाउनुपर्ने भन्दै २०८१ भदौ १७ गते २० हजार, काम सम्पन्न गरी दस्तखत गर्ने बेला असोज १६ गते घुसको अन्तिम किस्ता १० हजार गरी ५१ हजार दुईसय रुपियाँ घुस लिएको पीडितको गुनासो छ ।

कार्यालय प्रमुखले पटक पटक घुस लिएको अडिओ–भिडिओ प्रमाण आफूसँग सुरक्षित रहेको सेवाग्राही नरबहादुर विष्टले बताए । काम हुन्छ भन्दै छ महिनासम्म झुलाएर पाँच पटक घुस दिन बाध्य भएको उहाँले पीडा सुनाए ।

सेवाग्राही विष्टले भने, “हाकिमसापलाई ५१ हजार दुईसय रुपियाँ नगद र बैतडीबाट घर बिदा जाने बेला पाटन नगरपालिका –८, खोड्पे बजारमा १० किलो आलुसमेत दिएको छु । काम हुन्छ भनेपछि नगदसहित १० किलो आलु दिएँ ।” घुस लिएको भिडिओका विषयमा कार्यालय प्रमुख सार्कीले सेवाग्राही आफैले टेबुलमा राखिदिएको बताए ।

उनले भने, “खोड्पेतिरका सेवाग्राही आफैले टेबुलमा पैसा राखिदिएका हुन् । फोटो पनि खिचेका रहेछन् । त्यस्तो त खासै होइन, आफैले दिएका हुन् ।” कार्यालय प्रमुख सार्कीले सेवाग्राहीलाई फोन गरेर, भेटेर मात्र होइन, घुसको अन्तिम किस्ता कार्यालयमै लिएको भिडिओ सार्वजनिक भएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार