ह्वाट्सएपमा अब सुरुमै १५ जनालाई जोडेर भिडियो कल गर्न सकिने

लोकप्रिय मेसेजिङ एप ह्वाट्सएपले आफ्नो प्लाटर्फममा नयाँ फिचर थप गरेको छ । जसअनुसार अब एकैपटकमा १५ जना व्यक्तिलाई जोडेर भिडियो सुरु कल गर्न सकिनेछ । भिडियो कल सुरु भैसकेपछि भने थप व्यक्तिहरुलाई पनि जोडेर ३२ जनासम्म पुर्‍याउन सकिनेछ ।

ह्वाट्सएपको यो नयाँ फिचर हाल एन्ड्रोइडको बिटा भर्सन 2.23.15.14, 2.23.15.10, 2.23.15.11 र  2.23.15.13 मा उपलब्ध रहेको बताइएको छ ।

Dengue

यसअघि ह्वाट्सएपको ग्रुप भिडियो कल सुरु गर्दा केवल ७ जनासम्म मात्र जोड्न सकिन्थ्यो । जसलाई बढाएर १५ पुर्‍याइएको हो ।

यदि तपाईं पनि ह्वाट्सएपको यो नयाँ फिचर प्रयोग गर्न चाहनुहुन्छ भने स्मार्टफोनको गुगल प्ले स्टोरमा गएर ह्वाट्सएपको बिटा प्रोग्राममा जोडिन सक्नुहुन्छ । यसमा आबद्ध भएसँगै ह्वाट्सएपले परीक्षण गरिरहेका सबै नयाँ फिचर प्रयोग गर्न सकिन्छ ।

स्मरण रहोस् ह्वाट्सएपले हालै एक नयाँ अपडेट जारी गरेको छ जसमा प्रयोगकर्ताले आफ्नो स्मार्टवाचबाटै ह्वाट्सएपको कुनै पनि मेसेजको जवाफ दिन सक्दछन् ।

ह्वाट्सएपको मेसेजको जवाफ दिनका लागि स्मार्टफोन छुन पनि आवश्यक पर्दैन । ह्वाट्सएपले यसका लागि ध्भबच इक् को अपडेट केही दिन अघि मात्र बिटा प्रयोगकर्ताका लागि जारी गरेकोमा हाल सबैका लागि उपलब्ध गराएको हो ।

एजेन्सी

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार