धनगढी : एलाइन्स +२ धनगढीबाट कक्षा १२ उत्तीर्ण गरेका दुई विद्यार्थी पोखरा विश्वविद्यालयको पूर्ण छात्रवृत्ति कोटामा नाम निकाल्न सफल भएका छन् ।
एलाइन्स +२ धनगढीका प्रतिभाशाली विद्यार्थी प्रकाश बोहरा र निरज जैसीले पोखरा विश्वविद्यालयको पूर्ण छात्रवृत्ति कोटामा नाम निकाल्न सफल भएका हुन् ।
उनीहरूको मेहनत, लगनशीलता र उत्कृष्ट उपलब्धिले एलाइन्स +२ धनगढी परिवारलाई गौरवान्वित बनाएको विद्यालयले जनाएको छ । विद्यार्थीको सफलताप्रति विद्यालयले बधाई तथा आगामी शैक्षिक यात्राका लागि शुभकामना व्यक्त गरेको छ ।
विद्यालयले आगामी दिनमा पनि विद्यार्थीहरूले उच्च शैक्षिक सफलता हासिल गर्दै अघि बढ्ने विश्वास व्यक्त गरेको छ ।




प्रतिक्रिया दिनुहोस्