अत्तरियाको दुर्गालक्ष्मी क्याम्पस प्रमुखमा ऐर नियुक्त

अत्तरिया। कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको प्रमुखमा नरेन्द्र बहादुर ऐर नियुक्त भएका छन।

सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसका रुपमा रहेको दुर्गालक्ष्मीको क्याम्पस प्रमुखमा सहप्राध्यापक ऐर नियुक्त भएका हुन। आईतबार बसेको विश्वविद्यालयको कार्यकारी परिषद्ले ऐरलाई क्याम्पस प्रमुखमा नियुक्त गरेको हो। दुर्गालक्ष्मी सहित बिश्वबिद्यालयको कार्यकारी परिषद्ले विश्वविद्यालय अन्तर्गतका १५ वटा क्याम्पसहरु फेरबदल गरेको छ। बिश्वबिद्यालयले मातहतका क्याम्पसहरुमा हरेक ४ बर्षमा प्रमुखहरुको नियुक्ति र फेरबदल गर्ने गरेको छ। क्याम्पस प्रमुख नियुक्त भएसँगै ऐरले दुर्गालक्ष्मीमा ४ वर्ष सम्म नेतृत्व गर्ने भएका छन ।

khadya

यसअघि दुर्गालक्ष्मीको क्याम्पस प्रमुख डाक्टर डम्बर बहादुर पाल रहेका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार