दार्चुलामा नेपाल टेलिकमको एनटी फाइबर सेवाको सुरु

दार्चुला: दार्चुलामा नेपाल टेलिकमले एनटी फाइबर सेवाको शुभारम्भ गरेको छ ।

आइतबार ग्राहकहरूलाई सीपीइ हस्तान्तरण गरी एनटी फाइबर सेवाको शुभारम्भ गरिएको हो । एनटी फाइबरबाट टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा प्रयोग गर्न सकिने नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्ण बहादुर गुरुङले बताए ।

Dengue

व्यक्तिगत र व्यवसायिक क्षेत्रलाई एनटी फाइबर सेवा बिक्री गरिन थालिएको कार्यालय प्रमुख गुरुङले बताए । हाल स्प्रिङ अफर अन्तर्गत डाटा सुविधामा एफटीटीएच प्याकेज वार्षिक ८ हजार रुपैयाँमा, एनटीटीभी सहितको प्याकेजलाई वार्षिक १२ हजार रुपैयाँमा २० एमबीपीएसको इन्टरनेट, ३ हजार मिनेट कुराकानी गर्न सकिने भ्वाइस सेवा र एनटी टिभी सेवा उपलब्ध रहेको टेलिकमले जनाएको छ ।

एनटी फाइबर सेवा दार्चुला जिल्ला सदरमुकाम खलङ्गा बजार र गोकुलेश्वर बजार क्षेत्रमा विस्तार गरिएको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार