एप्पलले आगामी सेपटेम्बरमा आईफोन १५ सार्वजनिक गर्ने

एप्पलले आगामी सेप्टेम्बरमा आईफोन १५ सार्वजनिक गर्ने भएको छ । यस वर्ष पनि एप्पलले आइफोन १५, आइफोन १५ म्याक्स, आईफोन १५ प्रो प्रो र आईफोन १५ प्रो म्याक्स मोडेल सार्वजनिक गरिने आशङ्का गरिएको छ ।

यस पटकको मोडेलमा आईफोन १५ प्रो म्याक्समा टाइटेनियमको अलोइ प्रयोग गरिएको छ भने यूएसबीसी चार्जिङ पोर्ट रहेको छ ।

Dengue

यो वर्ष आइफोन १५ प्रो म्याक्स डार्क रेड रंगमा पनि सार्वजनिक अनुमान गरिएको छ । यसैगरी एप्पलले आइफोन १५ प्रो मोडेलमा मात्रै अब वाईफाई सिक्स ई उपलब्ध गराउने छ ।

वाइफाइ सिक्स ई आइफोन १५ प्रो र प्रो म्याक्सका लागि उपलब्ध हुनेछ । एप्पलका विगत केही प्रडक्टहरु जस्तै म्याक मिनी, म्याकबुक प्रो र आइप्याड प्रोले वाइफाइ सिक्सलाई सपोर्ट गर्ने बताइएको छ ।

यसले गर्दा कनेक्टीभिटी स्पीडको गति पनि बढ्ने छ । इन्टरनेटमा अझै राम्ररी सेवा लिन सघाउने छ । यसअघि यो फिचर आइफोनको सबै मोडेलका लागि उपलब्ध हुने गर्दथ्यो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार