दुई दिनसम्म चार्ज टिकाउने सामसङको ग्यालेक्सी एम १४ सार्वजनिक, यस्तो छ मूल्य

स्मार्टफोन ब्रान्ड सामसङले नेपाली बजारमा फाइभजी स्मार्टफोन ग्यालेक्सी एम १४ सार्वजनिक गरेको छ । ‍५० मेगापिक्सेलको ३ वटा क्यामरा, ६००० एमएएच ब्याट्री र ५ एनएम प्रोसेसरलगायतका विशेषतासहित उक्त फोन सार्वजनिक भएको हो ।

ग्यालेक्सी एम १४ फाइभजीमा ५० मेगापिक्सेलका ३ वटा क्यामेरा रहेका छन् । एफ १.८ लेन्सले कम प्रकाशमा पनि उच्च गुणस्तरका साथ फोटो खिच्न सक्षम बनाउने बताइएको छ ।

Dengue

यस्तै, यसमा सेल्फि खिच्नका लागि १३ मेगापिक्सेल फ्रन्ट क्यामेरा राखिएको छ । यसैले कुनै पनि बेला ग्यालेक्सी एम १४ ५ जिको अद्भुत क्यामराले तपाईंलाई शानदार फोटोहरु दिलाउनेछ ।

फोनमा ६००० एमएएच ब्याट्री रहेको छ, जुन बिना चार्ज २ दिनसम्म लगातार चल्न सक्ने कम्पनीको दावी छ ।स्मार्टफोनले २५ वाटको तीव्र चार्जिङ्गलाई पनि सपोर्ट गर्छ ।

पर्फरमेन्स मोन्स्टर नारासहित सार्वजनिक भएको ग्यालेक्सी एम १४ ५ जीमा एनएम एक्जिनस १३३० प्रोसेसर जडान गरिएको छ । उत्कृष्ट गेमिङ्ग अनुभवका लागि यो फोन सहज हुने कम्पनीको भनाइ छ ।

ग्यालेक्सी एम १४ ५ जीमा र्‍याम प्लस समेत सुविधा छ, जसकारण १२ जीबीसम्म र्‍यामको क्षमता बढाउन सकिन्छ । यसमा ६.६ इन्चको एचडि प्लस, ९० हर्ज डिस्प्ले उपलब्ध छ ।

ठूलो स्क्रिनले उपभोक्ताहरुका लागि सामाजिक सञ्जाल फिड मार्फत् स्क्रोल गर्न सजिलो बनाउने र बिन्ज दर्शकहरुले सहजताका साथ मनोरञ्जनको मज्जा लिन सक्नेछन् ।

डेटा गोपनीयतका लागि फोनमा सुरक्षित फोल्डर सुविधा समेत उपलब्ध छ । यस बाहेक यसमा भ्वाइस फोकस र सामसङ वालेट पनि उपलब्ध छ ।

यसैगरी यो मोबाइल एण्ड्रोइड १३ मा आधारित वान युआइ ५.१ कोर जडित छ । सामसङले ग्यालेक्सी एम १४ फाइभजीमा २ एन्ड्रोइड ओएस अपडेट ४ वर्षसम्म सुरक्षा अपेडट प्रदान गर्ने जनाएको छ ।

ग्यालेक्सी एम १४ फाइभजी आइसाइ सिल्भर, बेरी ब्लू र स्मोकी टेल गरी तीन आकर्षक रंगहरूमा उपलब्ध छ । यसको मूल्य २४ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार