दार्चुलामा फेल भएका विद्यार्थी ‘रि–चेक’गराउँदा प्रथम भएपछि …

दार्चुला: दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नं ५ का एक विद्यार्थी कक्षा ८ को परीक्षामा अनुतीर्ण भएपछि पुनःपरीक्षण गराउँदा कक्षा प्रथम भएका छन् । वडा नं ५ स्थित कृष्ण मावि डाँडाकोटमा अध्ययनरत निरज लोहार कक्षाका राम्रै विद्यार्थी भएपनि परीक्षाफल आउँदा उनी अनुतीर्ण भएका थिए ।

कक्षा ८ मा फेल भएपछि उनले ‘आत्महत्या’गर्ने भनेपछि उनको उत्तरपुस्तिका पुनःपरीक्षण गरिएको थियो । उत्तरपुस्तिका पुनः परीक्षण गरेपछि निरज कक्षा प्रथम भएका कृष्ण मावि डाँडाकोटका प्रधानाध्यापक श्याम गिरीले बताए ।

Dengue

निरजका बुवा भोजराम लुहारले छोराको नतिजा आएपछि उत्तरपुस्तिका पुनः परीक्षणका लागि विद्यालयसंग आग्रह गरेका थिए ।

कक्षाको ८ पालिकास्तरीय परीक्षामा यसरी व्यापक लापरवाही भएको भन्दै गाउँपालिकाको समेत आलोचना गरिएको छ । पहिला फेल भएको विद्यार्थी पछि उत्तरपुस्तिका पुनः परीक्षण गराउँदा कक्षा प्रथम हुनुले गाउँपालिकाले सञ्चालन गरेको परीक्षाप्रति आशंका गरिएको छ । उत्तरपुस्तिका परीक्षणमा व्यापक त्रुटी भएको भन्दै अभिभावकहरु आक्रोशित भएका छन् ।

मालिकार्जुन गाउँपालिकाले सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय बोर्ड परीक्षाको धेरै विद्यार्थीहरुको परीक्षाफल सच्याएर पुन प्रकाशन गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार