एसईई दिँदै गरेका ५२ विद्यार्थी परीक्षा केन्द्रबाटै पक्राउ

मोरङ । मोरङको एक परीक्षा केन्द्रबाट विद्यालय शिक्षा परीक्षा एसईईको परीक्षा दिँदै गरेका ५२ जना परीक्षार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीबार सामाजिक विषयको परीक्षा दिँदै गरेका विद्यार्थी मध्ये नक्कली परीक्षार्थीको आशङ्कामा प्रहरीले ५२ जनालाई पक्राउ गरी छानविन गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक रञ्जन दाहालले पुष्टि गरे ।

ग्रामथान गाउँपालिका –२ मा रहेको सरस्वती माध्यामिक विद्यालयमा रहेको परीक्षा केन्द्रबाट नक्कली विद्यार्थीले परीक्षा दिइरहेको भन्ने प्राप्त सूचना र गतिविधिको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरी छानविन गरिरहेको दाहालले बताए ।

Dengue

‘आज बिहान ५२ जनालाई परीक्षा दिँदै गर्दा शंकास्पद लागेर नियन्त्रणमा लिएको सत्य हो । उनीहरुलाई परीक्षा दिँदै गर्दा हामीले नियन्त्रणमा लिएका हौँ ।’, उनले भने, ‘अहिले भेरिफाइ गर्ने काम भइरहेको छ । अर्कैको नाममा विद्यार्थी बनेर परीक्षा दिएको भेटिएपछि केही आधार पुष्टि गर्ने क्रियाकलाप भएको आधारमा शंका लागेका सबैलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दैछौ । तिनीहरू को को हुन् र कुन –कुन विद्यालयका विद्यार्थी हुन भन्ने आजै केही समयपछि खुल्ने छ अनुसन्धान प्रकृया चलिरहेको छ ।

प्रहरीले बुधबार सोही परीक्षा केन्द्र, सरस्वती माविबाट एक जनालाई नक्कली परीक्षार्थी बनेर परीक्षा दिँदै गर्दा पक्राउ गरेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार