काठमाडौं – ग्यास बिस्फोटबाट घाइते भई भारतमा उपचाररत सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।
ग्यास दुर्घटनापछि सांसद भण्डारीले पहिलोपटक दोहोरो सम्वाद गरेको उनको साथमा रहेका माधव न्यौपानेले जानकारी दिए । मंगलबार बिहान सवा १० बजेको स्वास्थ्य अपडेटबारे जाकारी दिदैं न्यौपानेले सांसद मण्डारीको भेन्टिलेटर हटाएर नर्मल मास्कबाट अक्सिजन दिइएको र अन्य स्वास्थ्य पारामिटर पनि सामान्य रहेको उल्लेख गरेका छन् । न्यौपानेका अनुसार कल्चरको रिपोर्ट आज आउदैछ । त्यसैगरी सुन्निएको अनुहार पनि घटेको छ र स्वास्थ्य सामान्य बन्दै गएको छ ।
गत हप्ताको बुधबार काठमाडौंको बुद्धनगर स्थित घरमा ग्यास बिस्फोट हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए । सांसद भण्डारीकि आमाको त्यसको भोलिपल्ट बिहिबार बिहान कीर्तिपुर स्थित अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
सांसद भण्डारीलाई भने एयर एम्बुलेन्सबाट गत बिहिबार दिउँसो भारतको मुम्बइस्थित नेशनल बर्न अस्पतालमा उपचारका लागि लगिएको थियो ।
प्रतिक्रिया दिनुहोस्