ग्यास दुर्घटनापछि सांसद भण्डारीले पहिलो पटक गरे दोहोरो सम्वाद, स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौं  – ग्यास बिस्फोटबाट घाइते भई भारतमा उपचाररत सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।

ग्यास दुर्घटनापछि सांसद भण्डारीले पहिलोपटक दोहोरो सम्वाद  गरेको उनको साथमा रहेका माधव न्यौपानेले जानकारी दिए । मंगलबार बिहान सवा १० बजेको स्वास्थ्य अपडेटबारे जाकारी दिदैं न्यौपानेले सांसद मण्डारीको भेन्टिलेटर हटाएर नर्मल मास्कबाट अक्सिजन दिइएको र अन्य स्वास्थ्य पारामिटर पनि सामान्य रहेको उल्लेख गरेका छन् । न्यौपानेका अनुसार कल्चरको रिपोर्ट आज आउदैछ । त्यसैगरी सुन्निएको अनुहार पनि घटेको छ र स्वास्थ्य सामान्य बन्दै गएको छ ।

Dengue

गत हप्ताको बुधबार काठमाडौंको बुद्धनगर स्थित घरमा ग्यास बिस्फोट हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए । सांसद भण्डारीकि आमाको त्यसको भोलिपल्ट बिहिबार बिहान कीर्तिपुर स्थित अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

सांसद भण्डारीलाई भने एयर एम्बुलेन्सबाट गत बिहिबार दिउँसो भारतको मुम्बइस्थित नेशनल बर्न अस्पतालमा उपचारका लागि लगिएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार