नयाँ दल गठन गर्ने तयारीमा छौं : प्रभु साह

काठमाडौँ – रौतहट क्षेत्र नं ३ बाट स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित सांसद प्रभु साहले आफूले नयाँ पार्टी गठन गर्ने तयारी गरिरहेको बताएका छन्। सेतोपाटीसँग संक्षिप्त कुराकानी गर्दै साहले नयाँ पार्टी गठनका लागि छलफल भइरहेको बताए।

‘म काठमाडौं आएको छैन। साथीहरूसँग छलफल गरिरहेका छु। हामीले नयाँ दल गठन गर्छौं,’ उनले भने,’तर अहिले दलको नाम लगायतका विषयमा सहमति भएको छैन। अमरेशजी सँग कुरा भएको छैन।’

Dengue

नेपाली कांग्रेसबाट विद्रोह गरी सर्लाही क्षेत्र नं ४ बाट चुनाव जितेका अमेरशकुमार सिंहले पनि नयाँ पार्टी खोल्ने तयारीमा आफूहरू रहेको बताएका छन्। सिंहले प्रभु साहसँग मिले नयाँ पार्टी गठन गर्न लागेको बताएका छन् । रौतहट क्षेत्र नं २ बाट निर्वाचित किरण साहसमेत प्रभु साहनिकट मानिन्छन्।

प्रभु साहले एमालेले दिएको टिकट होल्ड गरेर स्वतन्त्र उम्मेदवारी दिएका हुन्। उनले सोही क्षेत्रबाट तीन पटक नेकपा (माओवादी केन्द्र) को तर्फबाट निर्वाचित भएका थिए। २०७७ फागुन २३ गते सर्वोच्च अदलातले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता भंग गरिदिएपछि साहले एमाले रोजेका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार