जसपा एमालेसँग नजिकिएपछि बाबुरामको प्रतिक्रिया -‘राजनीतिलाई व्यापारमा झार्ने काम भयो’

काठमाडौं – नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चुनाव नजिकिंदै गर्दा नेपाली राजनीति थप पातालतिर धसिंदै गएको टिप्पणी गरेका छन् । विहीबार राति एक ट्वीट गर्दै डा. भट्टराईले लेखेका छन्, ‘चुनाव नजिकिंदै गर्दै नेपाली राजनीति पातालतिर धसिंदै जानु अति दुःखद छ ।’

बालुवाटारमा सत्तारुढ गठबन्धनमा आवद्ध दलहरूबीच सिट बाँडफाँडमा सहमति नजुटेपछि जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव नेकपा एमालेसँग वार्ता गर्न गएको सन्दर्भमा भट्टराईले यस्तो टिप्पणी गरेका हुन् । ‘एक थान चुनावी सिटका लागि घोषित सिद्धान्त,आदर्श सबै त्यागेर र जनताको बलिदानलाई लात हानेर दलबदल र कित्ता परिवर्तन गर्नु राजनीतिलाई फगत व्यापारमा झार्नु नै हो,’ उनले भनेका छन् ।

SHIKHAR COOL TECH

यसै साता सत्ता राजनीतिबाट टाढा रहने घोषणा गरेका भट्टराईले भनेका छन्, ‘यो अवसरवादको आँध्यारोमा निष्ठाको जुनकिरी बन्ने साहस गरौं ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार