सर्लाही : सर्लाहीमा आगलागी हुँदा एक बिघा जमिनको उखु जलेर नष्ट भएको छ।
बुधबार दिउँसो सर्लाहीको हरिपुर नगरपालिका-१ मुसहरी टोलमा आगलागी हुँदा एक बिघा भन्दा धेरै जमिनमा लगाइएको उखु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। हरिपुर नगरपालिका -९ पिडारीका किसान मोहम्मद इस्लाम अंसारीले लगाएको एक बिघा ५ कठ्ठाको उखु जलेर नष्ट भएको हो।
आगलागीबाट उखुसँगै सिँचाई मोटर, विद्युत् मिटर, छाप्रोसहितका संरचना पनि जलेका छन्। जाडोबाट जोगिन बालिएको घुरबाट आगलागी सुरु भएको प्रहरीले जनाएको छ।





प्रतिक्रिया दिनुहोस्