आगलागी हुँदा एक बिघा जमिनको उखु जलेर नष्ट

सर्लाही : सर्लाहीमा आगलागी हुँदा एक बिघा जमिनको उखु जलेर नष्ट भएको छ। 

बुधबार दिउँसो सर्लाहीको हरिपुर नगरपालिका-१ मुसहरी टोलमा आगलागी हुँदा एक बिघा भन्दा धेरै जमिनमा लगाइएको उखु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। हरिपुर नगरपालिका -९ पिडारीका किसान मोहम्मद इस्लाम अंसारीले लगाएको एक बिघा ५ कठ्ठाको उखु जलेर नष्ट भएको हो। 

आगलागीबाट उखुसँगै सिँचाई मोटर, विद्युत् मिटर, छाप्रोसहितका संरचना पनि जलेका छन्। जाडोबाट जोगिन बालिएको घुरबाट आगलागी सुरु भएको प्रहरीले जनाएको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार