आज राति डोटी र डडेल्धुरा जिल्लाको प्रसिद्ध घण्टेश्वर मेला

डडेल्धुरा : डोटी र डडेल्धुरा जिल्लाको प्रसिद्ध घण्टेश्वर मेला आज राति हुने भएको छ । घण्टेश्वर देवताको पूजाआजा तथा मेला आज राति सुरु भएर भोलीपल्ट बिहानसम्म हुने भएको हो ।

घण्टेश्वर देवता धार्मिक तथा पर्यटन विकास समितिका सदस्य झलक पालीका अनुसार मेलालाई शान्तिपूर्ण बनाउनका लागि मेला अबधीभर जुवा तास, मदिरा बिक्री बितरण तथा सेवन पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको छ । 

Dengue

पालीका अनुसार धार्मिक, ऐतिहासिक तथा पर्यटकिय दृष्टिकोणले महत्वपूर्ण घण्टेश्वर लेकमा अवस्थित घण्टेश्वरको मन्दिरमा हरेक वर्ष भाद्र शुक्ल अष्टमीको दिन मेला लाग्ने गर्दछ । सो क्षेत्रमा पर्ने महाभारत पर्वत श्रृङ्खलामा सबै केदारहरुको पूजा लाग्नुभन्दा अगाडि घण्टेश्वरको पूजा लाग्ने गर्दछ ।

मेलामा डोटी, डडेल्धुरा जिल्लाका अतिरिक्त छिमेकी जिल्लाका श्रद्धालु भक्तजन आउने गरेका छन् । शुद्ध तथा पवित्र मनले ब्रत बसी घण्टेश्वर बाबाको दर्शन गरेमा सोचेको पूरा हुने जनविश्वास रहेको छ ।

सदस्य पालीका अनुसार घण्टेश्वर मेलाको दिन जोरायल गाउँपालिका वडा नम्बर ४ बिनोडा गाउँ, सैगडा, घण्टेश्वरको सुनलेक, डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिकामा पर्ने उणी, गन्यापधुरा गाउँपालिकाको रुवाखोला जर्माना गाउँबाट देउरो आउने गरेको छ ।

जोरायल गाउँपालिका, प्रदेश सरकार तथा नेपाल सरकारको लगानीमा हगुल्टेदेखि घण्टेश्वर मन्दिरसम्म कच्ची सडक पुगिसकेको छ । स्थानीय बासिन्दाहरुको सहयोगमा घण्टेश्वर मन्दिरको नजिकै पासो देवताको मन्दिर निर्माण भइसकेको छ । घण्टेश्वर मन्दिर डोटी र डडेल्धुराको सीमाना छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार