अस्ट्रेलियामा पर्यटक भिसाधारीलाई जुलाई १ देखि विद्यार्थी भिसा आवेदनमा रोक

क्यानबेरा : अस्ट्रेलियाले पर्यटक भिसालाई विद्यार्थी भिसामा परिणत गर्ने कार्यलाई आउँदो जुलाई १ देखि रोक लगाउने भएको छ । गृह मामिलासम्बन्धी मन्त्री ओ नीलले बुधबार एक वक्तव्य जारी गर्दै यस्तो बताएकी हुन् ।

गत वर्ष अस्ट्रेलियाले सार्वजनिक गरेको आप्रवासी रणनीतिमा विद्यार्थी र अरू अस्थायी भिसाधारीलाई निरन्तर रूपमा वा कतिपयका हकमा अनिश्चितकालसम्म बस्ने ‘छिद्र’लाई अन्त्य गर्ने भनिएको थियो ।

जनसंख्याको परिवर्तनसम्बन्धी अध्येता पिटर म्याकडोनाल्डले देशमा भएका जनसंख्याको थोरै मात्र भिसा स्वीकृत गर्नु स्थायी रूपमा नै प्रवेशमा कटौती गर्नुभन्दा उत्तम हुने सुझाव दिएका थिए । यसो गर्नु जनसंख्याको व्यवस्थापनका निम्ति उपयुक्त हुने उनले उल्लेख गरेका छन् ।

प्रधानमन्त्री एन्थोनी अल्बानीको संघीय सरकारले जुलाई १ देखि यसमा थप कदम चाल्ने जनाइएको हो । अब भिजिटर भिसामा हुनेले प्रवेशविन्दुमा विद्यार्थी भिसाका निम्ति आवेदन दिन सक्ने छैनन् ।

पर्यटन भिसामा आएर विद्यार्थी भिसामा परिणत गर्न आवेदन दिनेको संख्या सन् २०२३ जुलाई १ देखि २०२४ मे अन्त्यसम्म ३६ सयभन्दा बढी रहेको जनाइएको छ । अबको मापदण्डले उक्त बाटो बन्द गर्नेछ ।

अब टेम्पोररी ग्राजुएट भिसा होल्डरले प्रवेशविन्दुमा विद्यार्थी भिसाका निम्ति आवेदन दिन सक्ने छैनन् । ग्राटन इन्स्टिच्युटले ३२ प्रतिशत टेम्पोररी ग्राजुएट भिसा होल्डरले फेरि अस्ट्रेलिया बसाइ लम्ब्याउने प्रयास गरेको तथ्यांक दिएको समेत मन्त्रीले आफ्नो वक्तव्यमा उद्धृत गरेकी छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार