नियमिततर्फको एसईई सकियो, स्तरवृद्धि परीक्षा भने अझै बाँकी

काठमाण्डौ : माध्यमिक शिक्षा परीक्षा (एसईई) को नियमिततर्फको परीक्षा सकिएको छ ।

चैत १५ गतेदेखि सञ्चालन भएको परीक्षाको नियमितमा साधारणतर्फको परीक्षा सकिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

Dengue

बोर्डका अनुसार प्राविधिकतर्फको परीक्षा र नयाँ पाठ्यक्रमबाट हटाएको तर पुरानो पाठ्यक्रममा रहेको एक विषयको स्तरवृद्धि परीक्षा भने अझै बाँकी छ ।

२७ गतेदेखि एसइईका सबै परीक्षा सकिन्छ । अहिलेसम्मको परीक्षा देशभर शान्तिपूर्ण रुपमा भएको पनि बोर्डले जनाएको छ ।

बोर्डका अनुसार देशभरबाट करिब सय जना विद्यार्थी, छ जना केन्द्राध्यक्ष र १६ जना निरीक्षकलाई कारबाही गरी निष्काशन गरिएको छ ।

यसैबीच एसईई दिएर बसेका विद्यार्थीलाई शिक्षा मन्त्रालयले ‘करियर काउन्सिलिङ’ गर्ने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले विश्वविद्यालय अनुदान आयोगसँगको सहकार्यमा ‘करियर काउन्सिलिङ कोचिङ’ दिने तयारी भएको बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार