यस्ताे छ आजकाे विदेशी मुद्राकाे विनिमय दर

धनगढी : नेपाल राष्ट्र बैंकले आज बिहीबारकाे लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर सार्वजानकि गरेकाे छ । राष्ट्र बै‌कका अनुसार बिहीबारकाे लागि अमेरिकी डलर एकको खरिद दर अधिकतम १३२ रुपैया २९ पैसा र बिक्री दर १३२ रुपैया ७९ पैसा कायम भएकाे छ ।

युरोपियन यूरो एकको खरिद दर १४४ रुपैयाँ ७१ पैसा र बिक्री दर १४५ रुपैयाँ ३७ पैसा छ । त्यस्तै यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६९ रुपैयाँ ३० पैसा र बिक्री दर १७० रुपैयाँ ०७ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १५० रुपैयाँ ६७ पैसा र बिक्री दर १५१ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Dengue

अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ४८ पैसा र बिक्री दर ८७ रुपैयाँ ८७ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ०६ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ ५१ पैसा छ ।

राष्ट्र बैंकले जनाए अनुसार आज जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ९४ पैसा र बिक्री दर ८ रुपैयाँ ९८ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ३९ पैसा र बिक्री दर १८ रुपैयाँ ४८ पैसा रहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार