काठमाडौं : रोल्पामा एकै परिवारका सात दाजुबहिनी सरकारी जागिरे छन् भन्दा अचम्म पर्नुहोला ।
वर्षाैं मेहनत गर्दा पनि लोकसेवामा नाम निकाल्न असफल हुनेहरुको लामो सूची होला तर रोल्पामा भने एकै परिवारका सात दाजुबहिनी सरकारी जागिरे छन् ।
रोल्पाको परिवर्तन गाउँपालिका– ४ रोल्पाका एकै परिवारका सातै जना सरकारी जागिरे हुन् । बुवाआमा खेती किसानी गर्ने र सामान्य परिवारका उनीहरु कोहि करारमा त कोहि लोकसेवाबाट नाम निकालेर सरकारी जागिरमा छन् ।
६ दिदीबहिनी र १ छोरो स्थायी र करार गरी सबै सरकारी सेवामा आबद्ध छन् । ३ बहिनी र एक दाजु सरकारी स्थायी जागिरे छन् भने ३ बहिनी करारमा काम गरिरहेका छन् ।
घरकी कान्छी छोरी खुसी बुढामगरले त झन् एकै वर्ष लोकसेवाका ७ वटा परीक्षामा नाम निकालेकी छन् ।
प्रतिक्रिया दिनुहोस्