कैलालीको कैलारीबाट अबैध काठ बरामद

धनगढीः कैलालीको कैलारी गाउँपालिकाबाट अबैध काठ बरामद गरिएको छ।

कैलारी गाउँपालिका-१ दम्मारा स्थित कटैनी नदीको छेउमा लुकाई छिपाई राखेको सिसमको गोलिया थान १० (क्युफिट– ८४.७४) र आपको गोलिया थान २ (क्युफिट –१२.४२) ईलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरी टोलीले शुक्रवार दिउँसो बरामद गरेको जनाएको छ।

SHIKHAR COOL TECH

उक्त काठ वेवारिसे अवस्थामा फेला पारि बरामद गरेको ईलाका प्रहरी कार्यालय हसुलियाले जनाएको छ। बरामद गरेको काठ आवश्यक कारवाहीको लागि प्रहरीले सब डिभिजन वन कार्यालय बसन्ता कैलालीलाई बुझाएको बताएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार