हेर्नुहोस् मह र ल्वांगको मिश्रणले हामीलाई कस्तो फाइदा गर्छ ?

एजेन्सी : महमा एन्टीअक्सीडेन्ट्स एकदमै धेरै पाइन्छन् । त्यस्तै ल्वांगमा पनि म्याग्नीज, भिटामिन के, आइरन, प्रोटिन जस्ता आवश्यक पोषक तत्वहरु पाइन्छन् । यी दुबैलाई साथमा मिसाएर खाँदा पनि स्वास्थ्यमा विभिन्न फाइदाहरु पाउन सकिन्छ ।

खोकी
यदी तपाईं खोकीले ग्रस्त हुनुहुन्छ भने तपाईं सुत्नु अघि महसँग दुईवटा ल्वांग खानुहोस् । यसले कफबाट राहत पाउन सकिन्छ ।

Dengue

तौल
यदी तपाईं तौल कम गर्न चाहनुभएको छ भने बिहानको समयमा तपाईं ल्वांगसँग मह सेवन गर्नुहोस् । यसले मेटाबोलिज्म बुस्ट हुन्छ ।

मुखको घाउ
ल्वांगमा भएका एन्टी इन्फ्लामेटरी तथा एन्टीसेप्टिक गुणहरुले मुखमा हुने घाउहरुलाई निको पार्छ । ल्वांग र महको मिश्रण घाउमा लगाउने तथा खाने गरेमा निको हुन्छ ।

स्वस्थ लिवर
मह र ल्वांगको मिश्रणले लिवरलाई डिटक्सीफाइ गर्न पनि सहयोग गर्छ । यी दुबैलाई साथमा खाँदा लिवरको स्वास्थ्य पनि राम्रो हुन्छ ।

पाचन प्रणाली
महमा प्रीबायोटिक तथा प्रोबायोटिक गुणहरु पाइन्छन् । यसलाई ल्वांगसँग खाँदा पाचन प्रणालीमा पनि सुधार हुन्छ र पाचन प्रक्रिया बलियो हुन्छ ।

छालाका लागि
यी दुबैको मिश्रण छालाका लागि पनि एकदमै लाभदायक हुन्छ । यो मिश्रणलाई खाँदा छालामा चमक आउनुका साथै मोइस्चर पनि दिन्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार