अछामको पञ्चदेवल विनायक नगरपालिकामा फागुन ७ र ८ गते निःशुल्क स्वास्थ्य शिविर हुने

काठमाडौँ – अछामको पञ्चदेवल विनायक नगरपालिकामा फागुन ७ र ८ गते निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । काठमाडौ मेडिकल कलेज काठमाडौको प्राबिधिक सहयोगमा २० जना विशेषज्ञ चिकित्सकहरु (डाक्टर )को उपस्थितिमा निशुल्क स्वास्थ्य शिविर हुन लागेको नगर प्रमुख अम्बिका चलाउनले जानकारी दिइन् । उनका अनुसरा विद्यामन्दिर नमुना माविमा शिविर संचालन हुनेछ । पञ्चदेवल विनायक नगरपालिकाका स्थानीय र अरु पालिकाका सेवाग्राहीहरुलाई शिविरको समयमा उपस्थित भई सेवा लिन समेत नगर प्रमुख चालउनेले आग्रह गरिन् । पन्चदेवल विनायक नगरपालिकाको नागरिकको हकमा रोगको पहिचान भइ अप्रेसन गर्नुपर्ने भएमा आर्थिक अवस्था हेरेर ५०% छुट वा निशुल्क अप्रेसनको लागी पठाइने समेत चलाउनेले बताइन् । सबैलाई आफ्नो स्वास्थ्यको ख्याल राख्न र स्वास्थ्य सेवा लिन चलाउनेले आग्रह समेत गरेकी छिन् ।

dashain shuvakamana
Discovery School

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार