कैलालीको गौरीगंगा नगरपालिका–८ स्थित लिक्मा खोलामा पौडी खेल्ने क्रममा डुबेर १२ वर्षीय एक बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही स्थानका सलिम धामी रहेका छन्। उनी साथीहरूसँग खोलामा पौडी खेलिरहेका बेला डुबेका थिए। अचेत अवस्थामा स्थानीयले उनलाई पानीबाट बाहिर निकाली उपचारका लागि बढैपुरस्थित के.बी. सौगात पोलिक्लिनिक पुर्याएका थिए।
तर, चिकित्सकले स्वास्थ्य परीक्षणपछि उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।




प्रतिक्रिया दिनुहोस्