धनगढी — शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले करार सेवाअन्तर्गत प्राध्यापक तथा सह–प्राध्यापक पदका लागि सञ्चालन गरेको खुला प्रतिस्पर्धाको अन्तिम नतिजा सार्वजनिक गरेको छ। विभिन्न विषयका १७ जना उम्मेदवार योग्यता क्रमका आधारमा सिफारिस भएका हुन्।
विश्वविद्यालयले २०८२ फागुन ८ गते प्रकाशित विज्ञापनअनुसार छनोट प्रक्रिया सम्पन्न गरी अन्तिम नतिजा सार्वजनिक गरेको जनाएको छ।
सार्वजनिक नतिजाअनुसार फोरेन्सिक मेडिसिनतर्फ डा. केशव श्रेष्ठ, इन्टरनल मेडिसिनमा डा. चिरञ्जीवी पन्त, अफ्थाल्मोलोजीमा डा. विक्रमबहादुर थापा र फार्माकोलोजीमा डा. विजय अर्याल प्राध्यापक पदका लागि सिफारिस भएका छन्।
सह–प्राध्यापकतर्फ एनाटोमीमा डा. इजु श्रेष्ठ, फिजियोलोजीमा डा. डिल्लीबहादुर पुन, माइक्रोबायोलोजीमा डा. चन्दनकुमार ठाकुर, बायोकेमेस्ट्रीमा डा. सरोज कुँवर तथा नर्सिङमा सीग्मा भट्टराई सिफारिस भएका छन्।
त्यसैगरी, ईएनटीमा डा. भुवनराज पाण्डेय, प्रसूति तथा स्त्रीरोगमा डा. रविन्द्र देव भट्ट, जनरल सर्जरीमा डा. विवेक खम्बु, एनेस्थेसियोलोजीमा डा. रोविन खापुङ, डेन्टल सर्जरीमा डा. नशिव पाण्डेय, बालरोग (पिडियाट्रिक्स) मा डा. विकास भण्डारी, रेडियोलोजीमा डा. अशोकराज पन्त तथा अर्थोपेडिक्समा डा. शिवराज पनेरु सह–प्राध्यापक पदका लागि छनोट भएका छन्।
विश्वविद्यालयले अन्तिम नतिजामा नाम समावेश भएका उम्मेदवारलाई २०८३ साउन २५ गतेभित्र केन्द्रीय कार्यालयमा सम्पर्क गरी नियुक्तिसम्बन्धी आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।
विश्वविद्यालयका अनुसार सार्वजनिक गरिएको नतिजा करार सेवामा शिक्षक नियुक्ति प्रक्रियाको अन्तिम चरणअन्तर्गत रहेको हो।




प्रतिक्रिया दिनुहोस्