पार्टीले न्यायोचित गरेरै वीरबहादुरलाई पठाएको हो : दीर्घराज भाट

चौमाला– कैलाली क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा निर्वाचनमा पार्टीले न्यायोचित व्यवहार गरेरै वीरबहादुर बलायरलाई टिकट दिई पठाएको नेपाली कांग्रेसका नेता तथा पूर्व राज्य मन्त्री दीर्घराज भाटले बताएका छन् । बाम–लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी भेलालाई सम्बोधन गर्दै नेता भाटले जिवनको महत्वपूर्ण समय राजनीतिक संघर्षमा बलायरले बिताएकाले पार्टीले उच्च मूल्याङ्कन गर्दै यस क्षेत्रमा पठाएको बताएका हुन् ।
गौरीगंगा नगरपालिका वडा नम्बर ६ को कठौतीमा भएको बाम–लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी भेलामा बोल्दै नेता भाटले हार्ने मानसिकता भएका कारण एमालेहरुले बलायरलाई बाहिरबाट आएको भन्दै फण्डा झिकेको बताए । उनले भने,‘बलायरले आफ्नो युवा उमेरमा यहीँको ग्वाँसी माध्यमिक विद्यालयमा अध्यापन गराएका थिए, अनि उनी कहाँबाट बाहिरको मान्छे भए ।’ जनआन्दोलनका बेला पनि यहीँबाटै आन्दोलन गरेका बलायर कैलालीकै जेल परेको स्मरण गर्दै नेता भाटले भने,‘यहीँको माटोमा राजनीतिक परिवर्तनका लागि आन्दोलन गरेको र यहीँको जेलनेल भोगेको मान्छेलाई बाहिरको भन्न मिल्दैन ।’
राजावादी र राजावादीसँग मिलेर एमालेले संविधान र राष्ट्रियतामाथि जालझेल गरिरहेको नेता भाटले बताए । उनले भने,‘ओली र ओली प्रवृत्तिबाट देशलाई जोगाउन गठबन्धनलाई विजयी गराउनु आजको आवश्यकता हो ।’ देशमा फेरि पनि ओली प्रवृत्तिले जितेमा संविधान नै खतरामा पर्ने उनले बताए ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार