धनगढी । निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा दीर्घराज जोशी सर्वसम्मत चयन भएका छन् ।
यस्तै वरिष्ठ उपाध्यक्षमा धिरेन्द्र साउद, प्रथम उपाध्यक्षमा विक्रम बिष्ट, दृतिय उपाध्यक्षमा डम्मर चन्द, उपमहासचिवमा योग्रेन्द्र चन्द र सिद्धराज भट्ट, कोषाध्यक्षमा सुरेन्दराज भट्ट र सहकोषाधयक्षमा मणिराज भट्ट सर्वसम्मत चयन भएका छन् ।
महासचिवमा दुई जनाको उम्मेदवारी परेपछि मतदान भइरहेको छ । उक्त पदमा अमर खड्का र किरण रावल उम्मेदवार छन् । यस्तै छ जना सदस्यका लागि सात जनाको उम्मेदवारी परेपछि सदस्यमा पनि मतदान भइरहेको छ ।




प्रतिक्रिया दिनुहोस्