बैतडीको सरस्वती संस्कृत माविका सतप्रतिशत विद्यार्थी एसईईमा पास

धनगढी : बैतडीको सरस्वती संस्कृत माध्यमिक विद्यालयबाट एसईई परीक्षामा सामेल भएका सबै विद्यार्थी पास भएका छन्। दशरथचन्द नगरपालिका वडा नम्बर-६ स्थित विद्यालयबाट १३ जना विद्यार्थीले परीक्षा दिएकामा सबै पास भएको प्रधानाध्यापक हरिशरण उपाध्यायले बताए।

प्राविधिक समस्याका कारण सुरूमा विद्यालयको नतिजा शून्य देखिएको थियो। सुरूमा विद्यार्थीहरूलाई सामाजिक अध्ययन विषयमा अनुपस्थित देखाइएको थियो। तर विद्यालयमा भने सामाजिक अध्ययनको सट्टा संस्कृत विषय अध्यापन हुने गरेको प्रधानाध्यापक उपाध्यायले बताए।

प्राविधिक समस्याले विद्यार्थीको नतिजा शून्य आएको थियो। र परीक्षा नै नदिएको विषयमा अनुपस्थित देखाएपछि आवश्यक प्रक्रिया मिलाएर विद्यार्थीको नतिजा सार्वजनिक गरिएको हो। परीक्षा नियन्त्रण कार्यालयले विद्यालयको अनुरोधमा प्राविधिक समस्या हल गरेपछि पुनः नतिजा सार्वजनिक गरेको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार