बैतडीको शिवनाथमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुलाई छात्रवृति प्रदान

बैतडी : बैतडीको शिवनाथ गाउँपालिकाले प्राविधिक धारतर्फ उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरेको छ। गाउँपालिकाले गएको तीन बर्ष यता प्राविधिक धारतर्फ उच्च शिक्षा अध्ययन गर्ने गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृति प्रदान गर्दैै आएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताए।

गाउँपालिकाभित्र स्थायी बसोबास भएका विद्यार्थीहरुलाई छात्रवृतिका लागि आवेदन आह्वान गरिएको र आवेदनबाट छनौट भएका विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह महताले बताए।

Seti Hospital

यो बर्ष प्राविधिक धारतर्फ उच्च शिक्षा अध्ययन गर्ने सात जनालाई ४ लाख रुपैयाँ छात्रवृति प्रदान गरिएको गाउँपालिकाका प्राविधिक सहायक रमेश चन्दले बताए। छात्रवृतिका लागि आवेदन परेकामध्ये छात्रवृति व्यवस्थापन समितिले छनौट गरेका विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरिएको हो।

गाउँपालिकाले शैक्षिक छात्रवृति व्यवस्थापन कार्यविधि बनाएर सोही अनुसार छनौट भएका विद्यार्थीहरुको खातामा छात्रवृति जमा गरेको प्रमुख प्रशासकीय अधिकृत महताले बताए। आर्थिक अवस्था कमजोर भएकै कारण प्राविधिक धारतर्फ उच्च शिक्षा अध्ययन गर्ने अवसरबाट विद्यार्थीहरु वञ्चित नहोउन भनेर छात्रवृति प्रदान गर्ने गरिएको अध्यक्ष साउँदले बताए। गत बर्ष ६ जनालाई यस्तो छात्रवृति प्रदान गरिएको थियो।

यो बर्ष शिवनाथ गाउँपालिका–४ कोपरेका आर्जन चन्दलाई एमबीबीएस अध्ययन गर्नका लागि छात्रवृति प्रदान गरिएको छ भने शिवनाथ –३ का धिरेन्द्र साउँदलाई बीसीए अध्ययन गर्नका लागि छात्रवृति प्रदान गरिएको छ। यस्तै शिवनाथ –६ बसेडीभ्वाँका अरुणसिंह धनाडीलाई बीइआइटी, शिवनाथ –२ पौखरका महेश कलौनीलाई बीएस्सी एजी, शिवनाथ–५ कुलाकोटका लोकेन्द्रबहादुर चन्दलाई बीइ सिभिल र शिवनाथ –२ शर्मालीका अस्मिता साउँदलाई बीएस्सी एजी अध्ययनका लागि छात्रवृति प्रदान गरिएको गाउँपालिकाले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार