बझाङ : बझाङमा ट्राफिक प्रहरीले सडक किनाराका पोलहरूमा रिफ्लेक्टिभ स्टिकर टाँसेको छ । रातको समयमा हुन सक्ने दुर्घटना न्यूनीकरण गर्नको लागि प्रहरीले सडक किनारामा रहेका विद्युत् पोलमा रिफ्लेक्टिभ स्टिकर टाँसेको हो ।
प्रहरीले सवारी साधनका चालक, यात्रुलाई सचेत गर्न ट्राफिक सचेतनामूलक पर्चा पम्पलेट समेत वितरण गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले जनाएको छ ।
प्रहरीले जिप लगायत विभिन्न सवारी साधनका चालकहरू तथा सवार यात्रुहरूलाई सडक सुरक्षा सम्बन्धमा सम्झाइ बुझाइ ट्राफिक सचेतनामूलक पर्चा पम्पलेट वितरण गरेको जनाएको छ ।
प्रतिक्रिया दनुहोस्