बझाङ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बझाङको ‘हामी आउँदैछौँ’ अभियानअन्तर्गतको विशेष कार्यक्रम सम्पन्न भएको छ। पार्टीको संगठन विस्तार तथा जनसम्पर्क अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजित उक्त कार्यक्रम बझाङमा सम्पन्न भएको हो।
कार्यक्रममा केन्द्रीय तथा प्रदेश तहका नेताहरूको उपस्थिति रहेको थियो। पार्टीका तर्फबाट सांसद (माननीय) कोमल ज्ञवाली, सुदूरपश्चिम प्रदेश उपसभापति भोजराज जोशी, प्रदेश सदस्य गणेश शाही र प्रदेश सदस्य बीना बिष्टको सहभागिता थियो।
सो अवसरमा बोल्दै नेताहरूले बझाङमा पार्टी संगठनलाई सुदृढ बनाउँदै लैजाने र स्थानीय स्तरका मुद्दाहरूलाई केन्द्रीय तहसम्म पुर्याउन पहल गर्ने बताए। स्थानीय कार्यकर्ता तथा शुभचिन्तकहरूको सहभागिता रहेको उक्त कार्यक्रमले जिल्लामा सांगठनिक गतिशीलता बढाउने विश्वास पार्टीले लिएको छ।




प्रतिक्रिया दिनुहोस्