बझाङ : बझाङमा जिल्ला अदालतमा कार्यरत एक जना कर्मचारीमाथी कुटपिट भएको छ । अदालतमा कार्यरत सुब्बा दिनेशप्रसाद पण्डितमाथि दुई युवाले कुटपिट गरेका हुन ।
कुटपिट गर्नेमा जिल्लाको मष्टा गाउँपालिका– ४ भातेखोला निवासी करिब २०/२१ वर्षिय माईकल खड्का र सुर्मा गाउँपालिका निवासी अन्दाजी २० वर्षिय रुपेश बोहरा रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
यही वैशाख २४ गते राति करिब ९ः१० बजे जिल्ला अदालत नजिकै रहेको तरकारी पसलको छेउमा बसिरहेका पण्डितलाई उनिहरुले कुटपिट गरेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार अदालतमा कार्यरत सुब्बा पण्डितको छोरासँग ति युवाहरुको सामान्य विवाद भएको थियो ।
सोही निहुँमा सुब्बामाथी आक्रमण भएको प्रहरीले बताएको छ । कुटपिट गर्ने दुवै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पीडित पण्डितको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।
प्रतिक्रिया दनुहोस्