बझाङ : बझाङको खप्तडछान्ना गाउँपालिका–५, छात्रबस्तीस्थित नानीगाडको किनारमा एक महिलाको शव फेला परेको छ । शव सोही स्थानकी २५ वर्षीया आशादेवी थापाको भएको पुष्टि भएको छ ।
थापा घरमा कसैलाई जानकारी नदिई अचानक निस्किएकी थिइन् । परिवारजनले खोजतलास गर्दा आइतबार बिहान नानीगाडको किनारमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
घटनास्थलमा प्रहरी निरीक्षक किशोर जोशीको कमाण्डमा विशेष अनुसन्धान टोलीसहितको प्रहरी टोली परिचालन गरिएको छ । घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दनुहोस्