नागरिक एप पनि बिहानैदेखि डाउन

काठमाडौँ । शुक्रबार बिहानैदेखि नागरिक एप समेत डाउन रहेको पाइएको छ ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रको विद्युत् आपूर्ति प्रणालीमा खराबी आउँदा बिहान ८ बजेदेखि नै विभिन्न सरकारी साइटसँगै नागरिक एपको सेवा समेत प्रभावित बनेको हो ।

Seti Hospital

नागरिक एपमा एक अधिकारीले एकीकृत डेटा सेन्टरको रूपमा रहेको केन्द्रकै विद्युत् आपूर्ति प्रभावित हुँदा नागरिक एप समेत नचलेको बताए । केन्द्रले आफ्नो विद्युत् प्रणाली अन्तर्गतको लो भोल्टेज प्यानलको अटोमेटिक ट्रान्सफर स्विच (एटीएस) मा समस्या सिर्जना हुँदा विद्युत् आपूर्तिमा व्यवधान आएको उल्लेख गरेको छ ।

सूचना प्रविधि विभागका महानिर्देशक रमेश शर्माले विद्युत् आपूर्तिको समस्या समाधान भइसकेको र सरकारी सिस्टम तथा साइटहरू नियमित रूपमा सञ्चालनमा ल्याउने प्रयास भइरहेको बताएका छन् । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार