बैतडीमा दुई बालिकामाथि बलात्कार भएको खुलासा, २५ बर्षीय पुरुष पक्राउ

बैतडी : बैतडीमा दुई बालिकामाथि बलात्कार भएको खुलासा भएकाे छ । जिल्लाको मेलौली नगरपालिकाकी १६ बर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा मेलाैलीकै २५ बर्षीय पुरुषलाई पक्राउ गरिएको छ ।

ती पुरुषले बालिकामाथि २०८० असार र कार्तिकमा जबरजस्तीकरणी गरेको जाहेरी परेपछि उनलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । पक्राउ परेका ती पुरुषलाई इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा राखिएको छ ।

khadya

यस्तै शिवनाथ गाउँपालिकाकी १५ बर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा सोही ठाउँका ३० बर्षीय पुरुषलाई पक्राउ गरेको छ । ती पुरुषले ललाईफकाई गरेर गत माघमा बालिकामाथि बलात्कार गरेको जाहेरीको आधारमा उनलाई आइतबार पक्राउ गरिएको हो ।

घटना कसरी बाहिरीयो भन्ने बिषयमा प्रहरीले अनुसन्धानपछि मात्र जानकारी दिइने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले बताए ।

पक्राउ परेकामाथि अदालतबाट १० दिनको म्याद थपेर अनुसन्धान शुरु भइसकेको छ ।  दुवै घटना अनुसन्धानमा रहेका र पीडकको नाम सार्वजनिक गर्दा पीडितलाई थप क्षति हुन सक्ने भएकाले नामसहितकाे परिचय गोप्य राखिएकाे प्रहरीले जनाएकाे छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार