बैतडीमा जिप दुर्घटना हुँदा तीन जना घाइते

बैतडी बैतडीमा जिप दुर्घटना भएको छ। जिल्लाको सुर्नया गाउँपालिका–८ मा जिप दुर्घटनामा परेको हो। बैतडी प्रहरीले शनिवार साँझ से १ ज ४१४ नम्बरको जिप दुर्घटना भएको बताएको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी बलराम पाण्डेयले जिपमा चालकसहित ६ जना सवार रहेकामा तीन जना घाइते भएका बताएका छन्। जिपका चालक फरार भएका छन्। घाइते तीन जनाको डडेल्धुरा अस्पतालमा उपचार हुँदैछ।

Seti Hospital

डडेल्धुराको अमरगढी नगरपालिका–७ का ३५ वर्षीय दीपक कैनी, सोही ठाउँका ४५ वर्षीय टेक कैनी र ५६ वर्षीय शिव पार्की घाइते भएका हुन। जिप चालक ३२ वर्षीय केशव कैनी फरार रहेका प्रहरीले बताएको छ।

तामाको भाडाकुँडा विक्री गर्दै आएकाहरू दुर्घटना परेका हुन्। जिपमा ३५ ओटा बाख्रा पनि रहेका र ती मध्ये तीन ओटा बाख्रा मरेका छन। पाँच ओटा घाइते भएका छन्। कच्ची सडकमा जिप अनियन्त्रित भइ सडकबाट तल खसेको बताइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Ban karyalaya

समबन्धित समाचार