धनगढी : डडेलधुरा मेडिकल कलेजमा आइतबारदेखि थप दुई सङ्कायको पढाइ सुरु भएको छ । सुदूरपश्चिम विश्वविद्यालयमातहत रहेको मेडिकल कलेजमा बिपिएच ब्याचलर इन पब्लिक हेल्थ र बिएस्सी नर्सिङ ब्याचलर अफ साइन्स इन नर्सिङ सङ्कायको पढाइ सुरु गरिएको हो ।
यी दुई विषय सञ्चालनको अनुमति पाएपछि मेडिकल कलेजले पठनपाठन सुरु गरेको हो । यसअघि गत वर्षदेखि कलेजले बिएस्सी एमएलटी ९ब्याचलर्स इन मेडिकल ल्याब टेक्नोलोजी० को पठनपाठन सुरु गरेको थियो । मेडिकल कलेजका डिन डा। हेमनाथ जोशीका अनुसार कलेजले बिपिएचमा १० र बिएस्सी नर्सिङमा २० जनाको कोटा पाएको थियो तर अहिलेसम्म बिपिएचमा पाँच र बिएस्सी नर्सिङमा १८ जना विद्यार्थी भर्ना भएका छन् ।
१० जनाको कोटा रहेको बिएस्सी एमएलटीमा छ जना भर्ना भएको उहाँले बताउनुभयो । गत वर्ष भने आठ जना भर्ना भएका थिए । मेडिकल कलेजका सहप्राध्यापक धर्मराज भट्टले दुई वर्षको अवधिमा तीन वटा कार्यक्रम पाउनु डडेलधुरा मेडिकल कलेजका लागि खुसीको क्षण भएको बताए ।
प्रतिक्रिया दनुहोस्