सुदूरपश्चिमको महान् पर्व गौरा आजदेखि सुरु: घर-घरमा बिरुडा भिजाएर पर्वको औपचारिक सुरुवात

कैलाली- सुदूरपश्चिमको मौलिक पहिचान, धार्मिक आस्था र सांस्कृतिक परम्परासँग जोडिएको महान् पर्व गौरा पर्व आजदेखि विधिवत् रूपमा सुरु भएको छ। भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ‘बिरुडा पञ्चमी’ सँगै यस वर्षको गौरा पर्वको औपचारिक सुरुवात भएको हो।

गौरा पर्वको पहिलो दिन आज व्रतालु तथा महिलाहरूले घर–घरमा पाँच प्रकारका अन्न तथा गेडागुडी (धान, मास, गहत, गहुँ र सिमी) मिसाएर तयार पारिएको ‘बिरुडा’ भिजाउने परम्परा रहेको छ। गौरा पर्वमा बिरुडालाई विशेष धार्मिक तथा सांस्कृतिक महत्वका साथ प्रयोग गर्ने गरिन्छ।

यो पर्व सुरु भएसँगै बैतडी, डडेल्धुरा, दार्चुला, डोटी, अछाम, बाजुरा, बझाङ लगायत सुदूरपश्चिमका विभिन्न जिल्लाहरूमा चहलपहल बढेको छ। गाउँ–बस्तीहरूमा धार्मिक आस्था, परम्परा र सांस्कृतिक गतिविधिसँगै गौराको रौनक छाउन थालेको छ।

आगामी दिनहरूमा गौरा देवीको पूजा-आराधना, व्रत, सुदूरपश्चिमको पहिचान बोकेको ‘देउडा खेल’ तथा ढोल, दमाहा र अन्य परम्परागत बाजागाजासहित विभिन्न सांस्कृतिक कार्यक्रमहरू सञ्चालन हुनेछन्। गौरा केवल एक धार्मिक पर्व मात्र नभई सुदूरपश्चिमको मौलिक कला, संस्कृति, परम्परा र सामाजिक एकताको एक जीवन्त प्रतीकका रूपमा स्थापित रहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार