कञ्चनपुर — कञ्चनपुरको शुक्लाफाटा नगरपालिका–५ गर्जमनि क्षेत्रमा अटोबाट खसेर एक वृद्धको ज्यान गएको छ। स्थानीय ८५ वर्षीय रामदत्त पन्त सुदूरपश्चिम प्रदेश ०१–००२ स ०१६८ नम्बरको अटोबाट खस्दा गम्भीर घाइते भएका थिए।
घटनापछि तत्कालै उनलाई उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा आइतबार दिउँसो उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
घटनामा संलग्न अटो र चालक २८ वर्षीय नरेन्द्र जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शुक्लाफाटा नगरपालिका–५ खजुवाका जोशीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।




प्रतिक्रिया दिनुहोस्