धनगढी । मंसिर २७ गते (भोलि) हुने धनगढी जेसीजको अध्यक्षमा दुईजनाबीच कडा प्रतिस्पर्धा हुँदैछ ।
अध्यक्षका लागि धनगढी जेसीज २०२३ का महासचिव महेश्वर ओझा र जेसीज २०२३ कै कार्यकारिणी उपाध्यक्ष मनिष कुँवरले उम्मेदवारी दर्ता गराएका छन् । दुवै अनुहार युवा पुस्तामा, अझ जेसीजमा लोकप्रिय छन् ।
त्यसो त यसअघि धनगढी जेसीजको अध्यक्षका लागि हालका महासचिव आशिष शाहले पनि दाबी गरेका थिए । तर उनी पछि हटेपछि अहिले प्रतिस्पर्धामा दुई अनुहार छन् ।
दुवैजना प्रतिस्पर्धाबाट पछि हट्ने मनस्थितिमा छैनन् । समय त छैन, तर पनि दुवैजना मतदाता रिझाउने कार्यमा सक्रिय छन् । अझ महेश्वर ओझा सक्रियता लोभलाग्दो छ । यता जेसीज सदस्यहरुको ठूलो समूह ओझाको पक्षमै देखिएको दाबी छ । यद्यपि कुँवरले पनि आफ्नो सक्रियता कायम राखेका छन् ।
जेसीज धनगढीको अन्य पदाधिकारी भने सर्वसम्मत चयन भइसकेको छ । कार्यकारिणी उपाध्यक्षमा भरतराज जोशी र सन्तोष पन्त, उपाध्यक्षमा भुवन बिष्ट, सविन रोकाया, बिनोद बलायर र दिपेश बोहोरा चयन भएका छन् ।




प्रतिक्रिया दिनुहोस्